सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको निर्वाचन २५ पुसमा हुने

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशभाका विषयगत समितिका सभापतिको निर्वाचन अगामी २५ पुसमा हुने भएको छ । प्रदेशसभा सचिवालयले आइतबार विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले २५ गते दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर निर्वाचन परिणाम घोषणा गर्ने कार्यसूची रहेको जारी सूचनामा उल्लेख गरिएको छ ।

nisarga

२४ गते प्रदेशसभा सदस्यहरुको नामावली प्रकाशन, मतदाता नामावली उपर दाबी विरोध, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता लगायतको काम हुनेछ भने २५गते उम्मेदवा उपर दाबी विरोध, अन्तिम नामावली प्रकाशन र निर्वाचन हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको गठन भएको एक वर्ष बित्दा समेत प्रदेशसभाका विषयगत समितिको सभापति चयन हुन नसकेका बेला प्रदेशसभाले निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ ।

प्रदेशसभा सचिवालयले यसअघि असोज १२ गते सभापतिको निर्वाचन गर्नेगरि तालिका सार्वजनिक गरेको थियो तर सत्तारुढ गठबन्धनमा भागबण्डा नटुंगिएको भन्दै स्थगीत गरिएको थियो । सुदूरपश्चिम प्रदेशसभामा चार वटा विषयगत समिति रहेका छन् ।