Attariya Hospital Pvt.Ltd.

डडेल्धुरामा अवैध घरेलु मदिरा बरामद गरि नष्ट

padma
milan sunchadi

डडेल्धुरा – डडेल्धुरामा दुई जनाको पसलबाट अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको छ।

शनिवार साँझ जिल्ला सदरमुकामस्थित बगरकोट रोडमा पसल गरी बस्ने शान्ति मगर र सोही ठाउँका बलदेव जोराको पसलबाट एक सय ८० लिटर अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले बताए।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी नायकका अनुसार शान्तिको पसलबाट १७५ लिटर र जोराको पसलबाट ५ लिटर घरेलु मदिरा बरामद गरिएको हो। आज (आइतवार) दिउँसो स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवरमा उक्त मदिरा नष्ट गरिएको हो।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.