Attariya Hospital Pvt.Ltd.

गोदावरी नगरपालिका तत्कालीन २ प्रशासकीय अधिकृत सहित सबै कर्माचारीले पाए भ्रष्टाचार मुद्दामा सफाइ

padma
milan sunchadi

अत्तरिया – गोदावरी नगरपालिका कैलालीका तत्कालीन दुई प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरूले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज विष्ट र देवराज जोशीसहितका कर्मचारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

plastik

अदालतले जोशी र विष्टसहितका सबै कर्मचारीलाई सबै मुद्दामा विशेषले सफाई दिएको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै अख्तियारले २०७८ चैत्र ३० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसैगरी गोदावरी नगरपालिका, कैलालीमा विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरूमा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै २०७९ जेठ १३ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीसहित १० जनाविरुद्ध थप तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधीशत्रय खुशी प्रसाद थारु, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सफाई दिएको हो ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.