Attariya Hospital Pvt.Ltd.

राष्ट्रिय सभा निर्वाचनको आज उम्मेदवारी: सुदूरपश्चिममा कुन दलबाट कसको उम्मेदवारी ?

padma
milan sunchadi

धनगढी – राष्ट्रिय सभा निर्वाचनको आज उम्मेदवारी दर्ता गर्दै छन् । राष्ट्रिय सभा निर्वाचन अर्न्तगत आज सुदूरपश्चिम प्रदेशबाट नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।

सत्ता गठबन्धन दलबाट राष्ट्रिय सभा निर्वाचनमा प्रदेशमा खुल्लाबाट कञ्चनपुरका पूर्व जिल्ला सभापति बलदेव बोहरा र अल्पसङ्ख्यकरअपाङ्गमा कैलाली जिल्ला सभापति नारायण दत्त भट्टको नाम दर्ता गराउने भएका छन । बोहरा यसअघि देउवा प्रधानमन्त्री हुँदा उनको सल्लाहकार पनि थिए ।

प्रदेशमा गठबन्धनका कारण महिलातर्फमा नेकपा माओवादीकी रेणु चन्दले उम्मेदवारी दर्ता गर्ने छिन् । यस्तै नेकपा एमालेतर्फबाट सुदूरपश्चिम प्रदेशमा महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपाङ्गता, अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशी उम्मेद्वार दिने भएकी छिन् ।

Siddi ganesh

राप्रपाबाट सुदूरपश्चिममा रोम जंग स्वार, जनक कुमारी कुँवर र जय कृष्ण वोहरा तथा सुमेश्वर उपाध्याय र तारा सुनारको नाम टुंगो लागेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.