Attariya Hospital Pvt.Ltd.

गोदावरीका नगर प्रमुखको कार्यशैलीप्रति एमालेबाट निर्वाचित जनप्रतिनिधी असन्तुष्ट

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुखको कार्यशैलीप्रति नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले असन्तुष्टी जनाएका छन् । आज नगरपालिकाको कार्यालय परिसरमै पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले नगर प्रमुखको कार्यशैलीप्रति असन्तुष्टी जनाएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नगर उप प्रमुख शारदा देवी रोकायाले हरेक वैठकमा बहुमतको दम्भ देखाँउदै निर्णय गर्ने गरेको बताईन् ।

उनले नगरपालिकाको भवन पुनःह उद्धघाटन गर्ने विषयमा आफुहरुको विमती रहेको बताईन् । नगरपालिकाको १०५ औँ कार्यपालिकाको वैठकमा आफुहरुलाई झुक्याएर निर्णय गरिएको बताईन् । सामान्य छलफल भन्दै बोलाएर उपस्थीती गराई त्यसैलाई कार्यपालिका वैठकको रुप दिईएको उनको भनाई छ । “१०४ औँ वैठकपछी १०५ औँ वैठकको एजेन्डा नै नपठाई सामान्य छलफललाई वैठकको रुप दिएर एकैपटक १०६ औँ वैठकको एजेन्डा हामीहरुलाई पठाएपछी हामीले कार्यपालिकाको १०६ औँ वैठक पनि बहिष्कार गरेका हौँ उनले भनीन् ।”

sudur last

१०६ औँ वैठकका एजेन्डाहरु राम्रा हुँदाहुँदै पनि आफुहरुले बहिष्कार गर्नु परेको उनले बताईन् । पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर ५ का अध्यक्ष शुद्धीराम चौधरीले सामान्य छलफललाई वैठकको रुप दिएर महत्वपुर्ण निर्णय गरिएको बताए । कार्यपालिकाको वैठकको राख्नुपर्ने कुरा नराखेर संघीय लोकतान्त्रिक गणतन्त्रको समेत अपमान गरिएको उनले बताए । एक सरकारले उद्धघाटन गरिसकेको भवनको पुनःह उद्धघाटन गर्नु नहुने आफुहरुको माग रहेको उनको भनाई छ ।

Siddi ganesh

कार्यपालिका वैठकमा बस्दा समेत पहिले हस्ताक्षर गरेर मात्रै बस्न पाईने भनेर निर्वाचित जनप्रतिनिधीको समेत अपमान गरिने गरेको उनले बताए । त्यस्तै वडा नम्बर ७ की वडा अध्यक्ष कलावती साँउदले कार्यपालिकाको १०५ औँ वैठक हुनुपर्ने आफुहरुको माग रहेको बताईन् । १०५ औँ वैठक हुनुपर्ने आफुले माग राख्दा नगर प्रमुखले सहमत नभए तपाईँहरु बाहिर जानुस् भन्नु भो ।किन हामीलाई हेपेको? हामी त्यसै आएका हौ?जनताले भोट दिएर आएका हौँ हामीपनि उनले भनीन् ।

चित्त नबुझेका निर्णयमा नोट अफ डिसेन्ट पनि लेख्न नदिईने गरेको उनले बताईन् । हिजो एमाले निकट जनप्रतिनिधिहरुले कार्यपालिकाको १०६ औँ बैठक बहिष्कार समेत गरेका छन् । १०५ औँ कार्यपालिका वैठकबाट गोदावरी नगरपालिकाको भवनको पुनःह उद्धघाटन गर्ने बारेमा निर्णय भएको जनाईएको छ ।

गोदावरी नगरपालिकाको नव निर्मित भवनको तत्कालीन नगरप्रमुख हरि सिंह साउँदले २०७८ चैत्र १४ गते समुद्घाटन गरेका थिए । भवन निर्माण सम्पन्न नहुँदै उद्धघाटन गरिएको भन्दै नेपाली कांग्रेस लगायतका दलहरुले विरोध जनाएका थिए । गोदावरी नगरपालिमा उप प्रमुख तथा वडा नम्बर ५,६,७ र ८ मा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरु छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.