अत्तरियाका व्यवसायी खड्काले सेभ हाउसमा मनाए जन्मदिन

Image

अत्तरिया – कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्काले आफ्नो जन्म दिन अत्तरियामै रहेको महिला बालबालिका सेभ हाउसमा मनाएका छन ।

अत्तरिया उधोग वाणिज्य संघका सदस्य समेत रहेका  खड्काले आफ्नो सेभ हाउसका बालबालिकासंग मनाएका हुन ।

सो अवसरमा उनले झण्डै १ लाख बराबरको खाधान्न ,लुगा कपडा समेत सेभ हाउसका बालबालिकाकालागि सहयोग गरेका छन ।

खड्काले चामल, न्यानो लुगा, स्कुल ब्याग, जुत्ता लगाएतका सामाग्रीहरु सेभ हाउसकी सन्चालिका जानकी मलासीलाई हस्तान्तरण गरेका हुन ।

जन्म दिनमा फजुल खर्च गर्नु भन्दा अनाथ बालबालिकालाई सानो सहयोग गर्न गरेको उनले बताए ।