Attariya Hospital Pvt.Ltd.

कैलालीमा एक लाख बढीका अबैध सामानसहित युवक पक्राउ

padma
milan sunchadi

धनगढी – कैलालीमा एक लाख बढीका अबैध सामानसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका-३ शिवरत्नपुरका २२ वर्षीय डिगम्बर चौधरी मंगलवार दिउँसो अबैध सामानसहित पक्राउ परेका हुन्।

भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ११ हजार ३ सय ५० मूल्य बराबरको चप्पल, जुत्ता, मोजा, हातको पन्जा, लेडीज कपडा, मोटरसाईकल १ थानसहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.