Attariya Hospital Pvt.Ltd.

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

padma
milan sunchadi

कैलाली – कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ।

कैलालीको मोहन्याल–७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका– १ कुइकाका खकेन्द्र ढकाल र श्रीमती मैसराको मृत्यु भएको हो।

अछामबाट बर्दियाको भुरीगाउँ जाँदै गरेका ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट २०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

Siddi ganesh

दुवै जनाको शव मोटरबोटको सहायताले निकालिएको छ। मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । ढकाल दम्पतीका दुई छोरा र एक छोरी छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.