सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै,सार्वजनिक बिदा

Image

धनगढी – धनगढीमा पनि आज भुवा पर्व मनाइने भएको छ। भुवापर्व खासगरि सुदूरपश्चिमका बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने गरिन्छ।

पछिल्लो समय भुवा पर्व कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको हो। भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म धनगढी स्थित रंगशालामा भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ। भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।