सुदूरपश्चिम प्रादेशिक महोत्सवको सांसद बलायरद्धारा उद्घाटन

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन गरिएको छ ।

आज एक समारोहकाबिच कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री विर बहादुर बलायरले महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन अघि र्याली र विभीन्न झाँकि सहित अत्तरिया बजार परिक्रमा गरिएको थियो ।

nisarga

उद्घाटन कार्यक्रममा विभीन्न क्षेत्रका व्यत्तिहरुको सहभागिता रहेको छ । “सम्वृद्ध प्रदेशको आधार कृषी पर्यटन र व्यापार” भन्ने नाराकासाथ अत्तरिया उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो ।

माघ ७ गतेसम्म चल्ने ८ औँ सँस्करणको उत्त महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय एवम् चर्चित कलाकारहरूको प्रस्तुति, थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी,लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू, विभिन्न प्रकारका झाँकीका साथै नृत्यहरू रहेको आयोजकले जनाएको छ ।