अत्तरिया – कैलालीको अत्तरियामा आजदेखी सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा विर बहादुर बलायरलाई ९ किलोको माला लगाईएको छ ।
महोत्सवको उद्घाटन कार्यक्रममा आयोजक अत्तरिया उद्योग वाणिज्य संघले विभिन्न मागसहित ९ किलोको माला लगाएको हो ।
“सम्वृद्ध प्रदेशको आधार कृषी पर्यटन र व्यापार” भन्ने नाराकासाथ आजबाट सुरु भएको महोत्सवको कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सांसद बलायरले उद्घाटन गरेका हुन् ।