अत्तरियामा मनाईयो ३०२ औँ पृथ्वी जयन्ती

Image

अत्तरिया – कैलालीको अत्तरियामा पृथ्वी जयन्ती मनाईएको छ । राप्रपा निकट व्यत्तिहरुले अत्तरिया चौराहमा एक कार्यक्रमको आयोजना गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाएका हुन् ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।