Attariya Hospital Pvt.Ltd.

चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुष्पराज जोशी

padma
milan sunchadi

धनगढी – चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज जोशी चयन भएका छन् । पत्रकार जोशी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् । शुक्रवार चलचित्र पत्रकार संघ नेपालको प्रस्तावित शाखाका रूपमा विशेष भेला तथा कार्यसमिति पुनर्गठन गरिएको हो ।

पुनर्गठीत समितिको उपाध्यक्षमा विवेक नागरिक, सचिव कृत बहादुर विष्ट, सह-सचिव सुनिता बिक, कोषाध्यक्ष शंकर बोहरा चयन भएका छन् । यस्तै सदस्यहरूमा सागर कुश्मी (चौधरी), दिनेश विष्ट, रमेश ऐडी, योगेन्द्र नायक, महेश बडू र गिरिजा पनेरु रहेका छन् । समितिमा ११ जना चयन भएका छन् ।

उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सुदूरपश्चिमको चलचित्र लगायत भाषा, कला, संस्कृतिको विकासमा समिति कोशेढुंगा साबित हुने बताए ।

Siddi ganesh

धनगढीमा पनि प्रचार प्रसार हुन नसक्दा चलचित्रहरू बन्ने र चल्ने क्रम घट्दै गएको प्रति उनले चिन्ता व्यक्त गर्दै गरे । यसको संरक्षण र सर्वधनमा लाग्न उनले अनुरोध गरे । केन्द्रीय अध्यक्ष समीर बलामीले उनीहरुलाई सफत ग्रहण समेत गराएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.