अत्तरिया महोत्सवको आज तेस्रो दिन,को को आउँदैछन् कलाकार?

Image

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज तेस्रो दिन । आज गायक हिमाल सागर लगायत ५ जना कलाकारको प्रस्तुती रहने भएको छ ।

लोकप्रिय डेउडा गायिका डिग्रा वादी,चर्चित गायक चेतन बोहरा,रोजी कुँवर,सोनु कुश्मीको प्रस्तुती रहने महोत्सवका कला सँस्कृति संयोजक रमेश भट्राईले जानकारी दिएका छन् ।

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।