Attariya Hospital Pvt.Ltd.

अत्तरियामा रहेको एक दोहोरी साँझमा कुटपिट हुदा एक जनाको मृत्यु

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको एक दोहोरी साँझमा कुटपिट हुदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको दोहोरी साँझमा २५ गते (बुधवार) राति कुटपिटमा परि एक जनाको मृत्यु भएको हो ।

कुटपिटमा परि कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले बताएको छ । बुधबार राति दोहरी साँझमा कुटपिटमा परेका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगेका थिए ।

गम्भीर चोट लागेका उनको उपचारकै क्रमम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए । देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटना बारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताएका छन् ।

देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो । कैलाली प्रहरी प्रवक्ता चन्दले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । उनले अनुसन्धानका लागि शनिवारसम्म ६ जनालाई नियन्त्रणमा लिएको बताए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.