अत्तरियामा जारी महोत्सवको तेस्रो दिन दर्शकको संख्या उल्लेख्य

Image

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको तेस्रो दिन आज उल्लेख्य दर्शकले अवलोकन गरेका छन्  ।

 आज गायक हिमाल सागर लगायत ५ जना कलाकारको प्रस्तुती रहने भएको छ । लोकप्रिय डेउडा गायिका डिग्रा वादी,चर्चित गायक चेतन बोहरा,रोजी कुँवर,सोनु कुश्मीले  प्रस्तुती राखेका थिए । महोत्सवमा भोलि चर्चित गायिका रचना रिमाल लगाएतको प्रस्तुति रहने भएको छ ।

nisarga

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।