अत्तरिया – कैलालीको गोदावरी धाममा लाग्ने मकरसंक्रन्ति मेलामा गोदावरी नगरपालिकाले नि:शुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ ।
माघ १ गते देखि लागिरहेको मकर मेलाको लागि गोदावरी नगरपालिकाले श्रद्धालु भक्तजनहरूको आवत जावतको लागि अत्तरिया बसपार्कबाट गोदावरीधाम्सम्म यात्रु बसको सुविधा गर्ने भएको हो ।
शुक्रबार नगरपालिकाले पत्रकार सम्मेलन गरी निःशुल्क बस सेवा बारे जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा नगर प्रमुख वीरेन्द्र भट्टले गोदावरी मकर मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरुको आवत जावत हुने भएको हुँदा गोदावरी नगरपालिकाको तर्फबाट निःशुल्क ६ वटा बसको व्यवस्था गरिएको बताए ।
उनले मेलामा आउने श्रद्धालु भक्तजनहरुको घुइचो लाई मध्यनजर गर्दै १ गते का दिन अत्तरिया बाट गोदावरी आउने जाने सुविधा राखेको बताए।
नगरप्रमुख भट्टले धार्मिक स्थल गोदावरीमा बाढीले बगाएको क्षेत्रमा नगरपालिकाकले जेसिभी लगाएर मर्मत सम्भार गरेको बताए ।
साथै मेलामा स्वास्थ्य हेल्प डेस्कको व्यवस्था संगै ३ ट्रयाक्टर दाउराको सुविधा समेत गर्ने नगर प्रमुख भट्ट ले बताए।
निःशुल्क बस सेवा माघ १ गते बिहान ६ बजे अत्तरिया बसपार्कबाट संचालन हुनेछ