अत्तरिया – कैलालीको अत्तरियामा रसियन हेयर स्टायल र वाटर प्रुफ ब्राइडल मेकअप सम्बन्धी निःशुल्क तालिम सम्पन्न भएको छ । पौष २३ गतेदेखी सुरु भएको तालिमको आज गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाको उपस्थीतीमा एक कार्यक्रमकाबिच समापन गरिएको हो ।
सुदूरपश्चिम ब्युटीपार्लर एसोसियशन शाखा अत्तरियाले उत्त तालिमको आयोजना गरेकोे हो । समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै उप प्रमुख रोकायाले ब्युटीपार्लर व्यवसायबाट पछिल्लो समय धेरै महिलाहरु स्वरोजगार र आत्मनिर्भर बनेको बताईन् । उनले चुनौतिपुर्ण रहेको ब्युटीपार्लर व्यवसाय बिस्तारै सअज बन्दै गएको बताईन् ।
त्यस्तै तालिम समापनमा बोल्दै सँस्थाकी अध्यक्ष दिपीका कुवँर हमालले ब्युटीपार्लर व्यवसायमा हरेक दिन नयाँ नयाँ डिजाईनहरु आर्यरहने हुँदा ब्युटीसियनहरु अपडेट भईरहनुपर्ने बताईन् । उनले ग्राहकले पनि नयाँ डिजाईनहरु आफै लिएर सेवाका आउने हुँदा बजारको माग संगै अपडेट हुन नसकेमा व्यवसाय नै धरापमा पर्ने डर रहेको बताईन् ।
सक्रियताकासाथ ७ दिनसम्म तालिममा सहभागिता जनाएकोमा उनले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरिन् । तालिमको प्रशिक्षण बबिता चौधरीले गरेकी थिईन् । तालिममा ३० जना सहभागीहरु रहेका थिए ।