अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको चौथो दिन आज चर्चित गायिका रचना रिमाल लगायतका कलाकारहरुले प्रस्तुती राखेका छन् ।
चर्चित गायिका रिमालले उनको पिरती पहिले हो की,मिनीरल वाटर,फोटो फिरिममा लगायत गितहरु पस्कीदा दर्शकले पुर्ण मनोरञ्जन लिई नाचेर साथ दिए । महोत्सवमा आज नरेश योगी,धन बहादुर भण्डारी,सपना शाहि,मेगजन कडायत र कोपिला सिंह कडायतले पनि आफ्नो प्रस्तुती राखे ।
अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाको आयोजनामा पुष २६ गतेदेखी सुरु भएको थियो । महोत्सवका कला सँस्कृति संयोजक रमेश भट्राईका अनुसार महोत्सवमा भोली सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको प्रस्तुती रहने भएको छ ।
माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।