गोदावरी नगरपालिकाको नव निर्मित भवन नगरपालिकालाई हस्तान्तरण

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको नव निर्मित प्रशासनिक भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

मंगलबार एक कार्यक्रमकाबिच सहरी विकास आयोजनाका इन्जिनियर सौरभ कलौनीले नगर प्रमुख विरेन्द्र भट्टलाई हस्तान्तरण गरेका हुन् ।

nisarga

उक्त भवनको दुई दिनपछि उद्घाटन गरिने नगरपालिकाले जनाएको छ ।

भवन हस्तान्तरण कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी तथा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।