Attariya Hospital Pvt.Ltd.

अत्तरिया महोत्सवको दर्शक सहभागीतामा नयाँ रेकर्ड

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको दर्शक सहभागीता नयाँ रेकर्ड कायम भएको छ । महोत्सवमा आज (मंगलबार) चर्चित अभिनेता पल शाहको प्रस्तुती रहेको थियो ।

अत्याधिक भिडभाडका कारण शाहलाई स्टेजसम्म पुर्याउन पनि आयोजकलाई मुस्किल पर्यो । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुष २६ गतेदेखी सुरु भएको ८ औँ सँस्करणको महोत्सवमा दर्शकको सहभागीतामा हालसम्मकै नयाँ रेकर्ड कायम भएको छ ।

Siddi ganesh

आयोजकका अनुसार आज झण्डै ५० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । त्यसमा बालबालिकाको संख्या पनि उल्लेख्य नै छ । महोत्सवको यसअघिका सँस्करणहरुमा बालबालिका समेत गरी एकैदिन झण्डै २५ हजार दर्शकले अवलोकन गरेको तथ्यांक रहेको संघका पुर्व अध्यक्षहरुको भनाई छ ।

महोत्सवमा आज गायिका एलिना चौहान,डेउडा गायक भुवन दाहाल लगायतको प्रस्तुती पनि रहेको थियो । भोली पुष्कल शर्मा,टंक तिमल्सीना लगायतको प्रस्तुती रहने भएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.