अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटनका नाममा नौटंकि नगर्न एमाले गोदावरी नगर कमिटिले चेतावनी दिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि एमालले उद्घाटन भैसकेको भवन पुनः उद्घाटनका नाममा नौटंकि नगरि जनसरोकारका विषयमा केन्द्रित रहन माग गरेको हो ।
एमालेले एक विज्ञप्ती जारी गर्दै स्थानीय सरकारले निर्वाह गर्नुपर्ने शिक्षा,स्वास्थ्य,रोजगार पुुर्वाधार विकास लगायतका आयकता परिपुर्ति गर्न समेत स्थानीय सरकार निरिह देखीएको बताएको छ । अव्यवस्थीत बसोबासीलाई पुर्जा दिनकालागि अघिल्लो सरकारले सुरु गरेको काम समेत ठप्प पारेको एमालेको भनाई छ ।
एमाले जनप्रतिनिधीलाई कार्यपालिका वैठकमा बोल्न नदिई नगर प्रमुखले हुकुमी शैली अपनाएको एमालेको ठहर छ । गोदावरी नगरपालिकाका प्रमुखको अवैधानिक एकाधिकार हुकुमी शैलीलाई समयमै रोकेर अविलम्ब अव्यवस्थित बसोवासीलाई जग्गाधनी पूर्जा बितरण सम्पन्न नगर्नु, नदीजन्य पदार्थ उत्खनन् र सकंलनमा सर्वोजकको जिम्मेवारी उपप्रमुखलाई दिनुपर्नेमा आफ्ना नजीकका वडासदस्यलाई अनियमितता गर्ने उद्देश्यले संयोजक बनाइएको, नदीजन्य पदार्थको सकंलनबाट उठेको राजस्वको ४० प्रतिशत सम्बन्धित वडामा नछुट्याइएको, र आफ्नो आर्थिक बदमासीको ढाकछोप गर्न सम्बन्धित जनप्रतिनिधिलाई नदीजन्य पदार्थको सकंलनमा समावेश नगराईएको जस्ता कानूनविपरित कार्यको नेकपा (एमाले) घोर भत्सनी गर्दछ, विज्ञप्तीमा भनीएको छ ।
उक्त कदम नसच्चिए जनसरोकारका विषयमा कडा कदम चाल्ने एमालेले चेतावनी दिएको छ । एमाले गोदावरीका कार्यवाहक अध्यक्ष सन्तोष सिंहले उद्घाटन भैसकेको भवन पुनः उद्घाटन गर्नु उचित नभएको बताए । त्यस्तै प्रदेश अध्यक्ष गोकर्ण भट्टले गरपालिका को भवन पुनः उद्घाटनको कार्य नाटक मात्रै भएको बताए । उनले विकासका अन्य धेरै कार्य गर्नुको साटो अहिलेका नगरप्रमुखले पुनः उद्घाटन को नाटक मन्चन गरेको दाबी गरे ।
उनले भोलि हुने नगरपालिका भवन उद्घाटनको कार्य तत्काल रोकेर एमाले संग वार्तामा बस्न आग्रह गरे । त्यस्तै नगरपालिकाकी उपप्रमुख शारदा देबी रोकायाले नगरपालिकाको भवन पुनः उद्घाटन नगर्न नगरप्रमुखलाई पटक पटक ध्यानाकर्षण गराएको तर त्यसको वेवास्ता गरिएको बताइन् । उनले भोलि हुने पुनः भवन उद्घाटनको कार्यक्रममा आफुहरुको सहभागीता नहुने बताईन् । यस्तै नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि सिंह साउँदले नगरपालिकाको भवन उद्घाटन क्षेत्रिय सहरी विकास आयोजनाका प्रतिनिधिको सल्लाहमा गरिएको बताएका छन् ।