Attariya Hospital Pvt.Ltd.

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

padma
milan sunchadi

काठमाडौं – कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा बिहान आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।

महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

Siddi ganesh

पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

satyawati

महाशाखाले राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.