अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० स्थीत खमौरामा भोलीदेखी माघ महोत्सव सञ्चालन हुने भएको छ ।
थारु एवंम राना थारु गोदावरी नगर भलमन्सा ( बरघर ) समितिको आयोजनामा माघ महोत्सव सञ्चालन हुने भएको हो ।
महोत्सवको गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गरेको छ भने सबै वडा कार्यालयहरुले सह प्रायोजन गरेका छन् ।
७ गतेसम्म चल्ने उत्त महोत्सवमा विभीन्न राना थारु कलाकारहरुको प्रस्तुती रहने जनाईएको छ ।