बैतडीमा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु

Image

बैतडी बैतडीमा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

बिहीबार बिहान मेलौलीबाट पाटनतर्फ आइरहेको सुपप्र ०१००१ क २३९४ नम्बरको टिप्पर दुर्घटना हुँदा सहचालक मेलौली नगरपालिका–१ का अन्दाजी १९ वर्षीय रोहित दयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टिप्पर चालक मेलौली–१ कै २४ वर्षीय गम्भीर टमटा सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको कारण भने खुलेको छैन । मेलौलीको लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको छ ।