Attariya Hospital Pvt.Ltd.

कैलालीमा लोपोन्मुख सालकको १० किलो खपटासहित दुई जना पक्राउ

padma
milan sunchadi

धनगढी – कैलालीमा लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ गरिएको छ ।

बर्दगोरिया गाउँपालिका–६ को मुढाबाट बिहीबार संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका– ४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र भजनी नगरपालिका– ८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी रहेका छन् ।

Siddi ganesh
प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक(सई) सुशिल चन्द र इप्रका सुखडको संयुक्त टोलीले उनीहरु सवार सु प प्र ०१००८ प ३५१२ नम्बरको मोटरसाइकलसहित १० किलो खपटा बरामद गरेको हो ।

खपटासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा राखेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.