दार्चुला – दार्चुलाबाट महेन्द्रनगरका लागी छुटेको महाकाली यातायातको दिवा वस महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडी स्थित फोहोर संकलन केन्द्र नजिकै दुर्घटना भएको छ ।
दार्चुला सदरमुकाम खलंगाबाट आज विहान ५ः३० बजे महेन्द्रनगरको लागी छुटेको महाकाली यातायातको सुपप्र ०२ ००१ ख १०३१ नम्बरको बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाइते सबैलाई उपचारको लागी जिल्ला अस्पताल दार्चुला लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
चालक पनि उपचारमा रहेकोले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।