राम मन्दिर उद्घाटनको अवसरमा धनगढीमा सोमवार शोभायात्रा निकालिने

Image

धनगढी – रामको जन्मभूमिमा निर्माण गरिएको नयाँ मन्दिरको गर्भगृहमा भगवान् रामको बाल स्वरूपको  श्रीविग्रहको प्राण–प्रतिष्ठा गरिने दिनका अवसरमा धनगढीमा शोभायात्रा आयोजना गरिने भएको छ।

माघ ८ गते विश्व हिन्दु परिषद् नेपाल, धनगढी नगर समितिको आयोजनामा उक्त दिन शोभायात्रा गरिने भएको हो। भारतको अयोध्यामा हुने रामको श्रीविग्रहको प्राण–प्रतिष्ठा कार्यक्रमलाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर र मानवसेवा आश्रम लगायतका ठाँउबाट ठुलो पर्दामा देखाइने विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिका अध्यक्ष महेन्द्रराज पन्तले बताएका छन्।

यसैगरी, माघ ८ गते अपराह्न ३ बजे धनगढीको ट्राफिक चौराहबाट भजन कृतनसहित संगीतमय शोभायात्रा निकालिने पन्तले बताए। उक्त शोभायात्रामा विभिन्न संघ–संस्था, मठ–मन्दिरहरु, हिन्दु धर्मावलम्बीहरुको उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ।