कञ्चनपुरमा चितुवा मृत अवस्थामा फेला

Image
फाइल फोटो

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने श्रीकृष्ण सामुदायिक वनमा हिजो चितुवा मृत अवस्थमा फेला परेको छ ।

सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरका अनुसार अन्दाजी एक वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको हो ।

“सामुदायिक वनमा अन्य हिंसक जनावरको आक्रमणमा परी चितुवा मरेको जस्तो देखिएको छ”, उनले भने, “चितुवाको पेटभित्रका अङ्गहरु क्षतविक्षत अवस्थामा छन् ।” सरोकारवालाहरुको उपस्थितिमा चितुवालाई खाल्डो खनेर गाडिएको उनले बताए ।