केहि व्यत्ति कार्यसमिति विभाजन गर्न लागीपरेका छन् : अध्यक्ष बोहरा

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले केहि व्यत्ति संघको कार्यसमिति विभाजन गर्न लागीपरेको बताएका छन् ।

महोत्सवमा भेटिएको नक्कली टिकटका बारेमा जानकारी दिन संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अधयक्ष बोहराले केहि पत्रकार,नेता लगायतका व्यत्ति कार्यसमितिलाई विभाजित गर्न लागीपरेको बताएका हुन् ।

nisarga

“फेसबुकमा हाम्रा केहि साथीहरुले,केहि पत्रकार मित्रहरुले पुरानो नयाँको कुरा गरेका छन् ,को पुरानो को नयाँ ?हामाीलाई विभाजित गर्न खोजीएको छ ,यो कार्यसमितिलाई नै विभाजित गर्न खोजीएको छ हामी कार्यसमिति एकढिक्का भएर लागेका छौँ,सबैले सहयोग गरेका छन्,उनले भने हाम्रो सँस्था हो,हाम्रो सँस्था बनाउन दिनुहोस कसैले यो भित्र राजनिति नगरिदिनुहोस पत्रकार होस वा नेतृत्व गर्ने नेता हुन उहाँहरुलाई मेरो आग्रह छ ।”

महोत्सवमा भेटिएको नक्कली टिकटको बारेमा निष्पक्ष छानबिन गर्ने उनले बताएका छन् ।