गोदावरीधामलाई व्यवस्थीत गर्न सके नगरको आन्तरिक आम्दानी वृद्धी हुन्छ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपलिकाका नगर प्रमुख विरेन्द्र भट्टले गोदावरीधामलाई व्यवस्थीत गर्न सके नगरको आन्तरिक आम्दानी वृद्धी हुने बताएका छन् । अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको समापन कार्यक्रममा बोल्दै भट्टले गोदावरीधाम लाई मात्रै व्यवस्थीत गर्न सकेमा गोदावरी नगरपालिकाको आन्तरिक आम्दानी पनि वृद्धी हुने बताएका हुन् । गोदावरीधामलाई व्यवस्थीत गर्न सके नगरको मात्रै नभई प्रदेशकै आम्दानी वृद्धी हुने उनको भनाई छ ।

“गोदावरीधामको जुन हामीले डिपीआर निर्माण गरेका छौँ,त्यो स्थानीय तहको मात्रै बजेटले मात्रै सम्भव छैन ,यस्मा प्रदेश र संघीय सरकारले सहयोग गर्नैपर्छ उनले भने ।” गोदावरीलाई धार्मीक र पर्यटकिय रुपबाट विकास गरि गोदावरीधाम र गोदावरी आर्यघाटलाई व्यवस्थीत गरी आम्दानी गर्न सकिने उनले बताए । त्यसो गर्न सकेमा नगरले विकास बजेटकालागि हात फैलाउन नपर्ने उनले बताए ।

अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको समापन कार्यक्रममा नगर प्रमुख भट्टले नक्कली टिकट प्रकरणको छानविन गर्दै सँस्थाले आज गरेका गल्तीहरु पुनःदोहोर्याउन नहुने बताएका छन् ।