वैद्य नेतृत्वको पार्टीले धनगढीका मेयर हमालको घरमा कालो ब्यानर टाँस्ने

Image
maya metro

धनगढी – मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो झन्डा टाँस्ने बताएको छ।

सोमवार धनगढीमा पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदासमेत समाधानतर्फ ध्यान नदिएपछि वैद्य माओवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो।

nisarga

धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरु सम्वन्धमा कुनै सुनुवाई नभएकोले समस्याहरुको समाधानका लागि कुनै काम नभएको भन्दै पार्टीका १७ वटा संघर्षका कार्यक्रम पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ।

पार्टीले उपलब्ध गराएको प्रेस व्यक्तव्यमा पहिलो चरणमा माघ १० गते वडा कार्यालयहरुमा, माघ १२ गते कार्यपालिका शाखाहरुमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरुमा माग पत्र बुझाउने कार्यक्रम रहेको उल्लेख गरिएको छ। माघ १० गते सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माग पत्र बुझाउने कार्यक्रम रहेको पार्टीले जनाएको छ।