अत्तरिया – कैलालीको बनबेहडामा रहेको सशस्त्र प्रहरी बल नेपाल बडिमालीका जवान तालिम शिक्षालयमा २३ औं सशस्त्र प्रहरी दिवस मनाईएको छ ।
२३ औं सशस्त्र प्रहरी दिवसकोको अवसरमा शिक्षालयले ब्याट्मिन्टन र भलिबलको समेत आयोजना गरेको थियो।
आज दिवसको अवसरमा गरिएको औपचारिक कार्यक्रममा दुबै खेलका बिजेताहरुलाई प्रसंसापत्र र पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी शिक्षालयबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई नगदसहित सम्मान गरिएको छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बडिमालीका जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नीरकृष्ण अधिकारीले सशस्त्र प्रहरी बल राज्यको भरपर्दो सुरक्षा निकायकोरूपमा स्थापित भएको बताए ।
यो विश्वास कायम राख्न हरेक कर्मचारीले कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने भन्दै राज्यमा आईपर्ने हरेक सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको उनले बताए । हरेक परिस्थितिमा पनि राज्य र नागरिकको सुरक्षाकानिम्ति सशस्त्र प्रहरी खटिँदै आएको अधिकारीले बताए ।
कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्न सफल भएको बताउँदै अधिकारीले स्थापना दिवसमा राष्ट्र, नागरिकप्रति थप जिम्मेवार बनेको आजसम्मको यात्रामा त्याग र बलिदानको पनि स्मरण भएको जनाए।