अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी

Image

अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरिएको छ ।

मंगलबार अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेका हुन्।

अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले संघको कार्यालयमा ताला लगाएका छन् ।

माघ ७ गतेसम्म चलेको महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।

महोत्सवमा भेटिएको नक्कली टिकट  ठेलीको बारेमा छानबिन गरिदिन अत्तरिया उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय कैलालीलाई आग्रह गरेको छ । आज एक पत्र सहित संघको टोली जिल्ला प्रशासन कार्यालय पुगेको हो ।