काठमाडौं – प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
प्रहरी महनिरीक्षकको सचिवालयले गोरखापत्रमा सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक (असई) हवल्दार,३ जना, प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।
उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।
यस्तै पोखरा विश्वविद्यालयले दुई जना उप–प्राध्यापकलाई ३५ दिनभित्र सम्पर्कमा आउन भनेको छ।
२०७८ साल भदौ २६ देखि सम्पर्कविहीन भएका उपप्राध्यापक डाक्टर अजय प्रकाश साह र २०७६ साल मंसिर ३० बाट सम्पर्कविहीन उपप्राध्यापक डाक्टर निरज चौधरीलाई स्पष्टीकरणसहित ३५ दिनभित्र विश्वविद्यालयमा सम्पर्क गर्न भनेको हो।