बझाङमा जिपको ठक्करबाट महिलाको मृत्यु

Image

बझाङ – जिपको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका-४ बागथलाकी ६४ वर्षीया महेश्वरीदेवी मल्लको मृत्यु भएको हो ।

उनलाई बुधबार बिहान ९ बजे सडक नजिक धारामा पानी भर्न जाँदा जिपले ठक्कर दिएको थियो । जिपले ठक्कर दिदा मल्लको टाउको र छातीमा चोट लागेको थियो ।

2 ad new year 1

घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचारपछि थप उपचार गर्न धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चालक बित्थडचिर गाउँपालिका–६ का २४ वर्षीय विशालसिंह स्याडालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।