अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ मजगाँउमा तीन दिने माघि महोत्सव हुने भएको छ ।
थारू कल्याणकारिणी सभाको आयोजनामा माघ १२, १३ र १४ गते महोत्सव सञ्चालन हुने भएको हो । संस्कृति संरक्षण, स्थानिय पर्यटन र आधुनिक कृर्षि पर्यटनका लागि एकजुट हौ भन्ने मुल नाराका साथ तीन दिने महोत्सव सञ्चालन गरिन लागेको सभाका नगर अध्यक्ष जनकलाल चौधरीले बताए ।
महोत्सवको प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा स्थानीय भााँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला सस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा प्रतिभावन व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ ।