दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

Image

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका–८ पतेगैरकी ५० वर्षीया अम्बिका देवी जोशीको घाँस काट्ने क्रममा भिरबाट लडेर बिहीवार बिहान मृत्यु भएको हो ।

जोशी सोही ठाउँ स्थित पैराधार भिरमा घाँस काट्ने क्रममा अन्दाजी २०० मिटर तल खसेर गम्भिर घाईते भएकी थिइन् ।

उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।