तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

Image

देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने छैन । आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भाग तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।
देशका तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।