अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ ।
शनिबार नेपाल विद्यार्थी संघ (नेविसंघ)ले दुर्गन्धित बन्दै गएको आर्यघाटको सरसफाई गरेको हो ।
पछिल्लो समयमा लास जलाउन गएका व्यक्तिहरुले मरेका व्यक्तिहरुका लुगाकपडा तथा पानीका बोतलहरु जथाभावी फाल्ने गरेका कारण गोदावरी आर्यघाट दुर्गन्धित बन्दै गएको थियो ।
आर्यघाटमा खानेपानी, व्यवस्थित दाहसंस्कार स्थल तथा सडक लगायतका समस्या रहेका बताउदै उनले आर्यघाट प्रयोग गर्दै आएका कैलाली, कञ्चनपुरका स्थानिय तहहरुले व्यवस्थापनमा लाग्न जरुरी रहेको सरसफाईमा सहभागीहरुले बताएका छन् ।
आर्यघाट सरसफाई कार्यक्रममा नेविसंघका विद्यार्थी, नेपाली सेना, सशस्त्र प्रहरीसहिय स्थानियको समेत सहभागीता रहेको थियो ।