काठमाडौं – आज देशभर आंशिक बदली रहने र तराई भेगमा बाक्लो हुस्सु लाग्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।
विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव मात्र कायम रहँदा आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, वागमती, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।