धनगढी – कैलालीमा ३० क्वीन्टल अवैध चिनी बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी) को टोलीले मंगलबार दिउँसो गौरीगंगा नगरपालिकाको बडैपुरबाट भन्सार छली गरेको चिनी बोकेको सुपप्र०१–००१च३९५७ नम्बरको मालबाहक गाडी नियन्त्रणमा लिएको हो ।
उक्त गाडीमा रहेको ५० किलोका ६० बोरा चिनी र दुई बोरा बिडी बरामद गरेको हो । अवैध चिनीसहित बरामद गरिएको गाडीको मुचुल्का गरेर आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइने प्रहरीले जनाएको छ ।