कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

Image

अत्तरिया – कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो।
बुधवार बिहान अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक करेन्ट लागेर  पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको हो।
काम भईरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विद्युत कटौती गरि काम सुरु गरेका थिए। तर केहि समयपछि एक्कासि विद्युत सुचारु हुँदा उनी पोलबाट खसेका हुन। घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको विद्युत वितरण केन्द्र बेलौरीले जनाएको छ ।
सो क्षेत्रमा पूर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विद्युत प्राधिकरणबाट ठेक्का लिई लाईन स्तरवृद्धिको काम गरिरहेको छ ।