सुदूरपश्चिमको ‘लगानी तथा विकास सम्मेलन’ को मिति सर्‍यो

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको ‘लगानी तथा विकास सम्मेलन’ सरेको छ। आउँदो फागुन २३ र २४ गते धनगढीमा हुने भनिएको लगानी तथा विकास सम्मेलनको तयारी नपुग्ने भन्दै मिति सारिएको हो।

सम्मेलनको तयारी नपुग्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को माघ १२ गते बसेको बैठकले तत्कालका लागि सम्मेलनको मिति सार्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार लगानी सम्मेलनको अर्को मिति २०८१ असोज २१ र २२ गते तोकिएको छ ।

nisarga

यस अघि मुख्यमन्त्री कमल बहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर ‘लगानी तथा विकास सम्मेलन’को लागि तयारी तीव्र पारिएको थियो ।

सुदूरपश्चिममा समितिले ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार गरिसकेको थियो । तर, अझै व्यापक तयारी आवश्यक रहेको भन्दै मिति सारिएको लगानी तथा विकास सम्मेलन कार्यकारी सदस्य नृप सुनारले जानकारी दिए।