मेयर भट्टका स्वकीय सचिव साउँद पदबाट निलम्बन

Image
maya metro

अत्तरिया – कैललाीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टका स्वकीय सचिव दिपिनकुमार साउँदलाई पदबाट निलम्बन गरिएको छ।  सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियाको नक्कली टिकट प्रकरणमा जोडिएपछि साउँदलाई पदबाट निलम्बन गरिएको हो।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका साउँद महोत्सवको नक्कली टिकटको छानबिनका लागि जिल्ला प्रहरीमा छन। छानबिनमा समस्या नहोस भनेर तत्कालका लागि उनलाई निलम्बन गरिएको नेपाली काँग्रेस कैलालीका प्रवक्ता प्रेमराज भट्टले बताए।

nisarga

पुस २६ गतेदेखि सुरु भएको महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरि आर्थिक अनियमितता गरेको भन्दै संघले सुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो।