कैलालीबाट ६५ हजारको भन्सार छलीको सामान बरामद

Image
फाईल फोटो
maya metro

कैलाली – धनगढीबाट ६५ हजारको भन्सार छलीको सामान बरामद गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालयका अनुसार शनिवार ६५ हजार तीनसय ६० रुपैयाँका भन्सार छलीका सामान बदामद गरिएको हो।

nisarga

धनगढी उपमहानगरपालिका वडा नम्बर २ चौराहबाट २० हजार ५० को चिनी, मिस्री, नरिवल, मिठाई, प्याज प्लास्टिकका झिल्ली लगाएतका सामान बरामद गरिएको छ।

शनिवार नै वडा नम्बर ३ बाट ३८ हजार आठ सय १० रुपैयाँका प्याज, चिनी, चकलेट, चप्पल लगायतका सामान बरामद गरिएको छ। उता भजनी नगरपालिका वडा नम्बर ३ धुसीबाट ६ हजार पाँच सयका सुर्ती बरामद गरिएको छ।

जिल्लामा एकै दिन ६५ हजार तीन सय ६० रुपैयाँका भन्सार छलीका सामान बरामद गरिएको हो।