Attariya Hospital Pvt.Ltd.

तराईमा हुस्सु र कुहिरो, पहाडमा मौसम बदली

padma
milan sunchadi

 देशका केही भू–भागमा आज हिमपातको सम्भावना  छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहे पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

Siddi ganesh

बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.