फागुनको पहिलो सातादेखि जाडो कम हुँदै जाने

Image
maya metro

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले फागुनको पहिलो सातादेखि जाडो कम हुँदै जाने जनाएको छ। महाशाखाका अनुसार अहिले तापक्रम घटबढको क्रममा रहे पनि फागुन लागेसँगै अधिकतम र न्यूनतम तापक्रम बढ्दै जाने छ।

बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

nisarga

पछिल्लो साता अधिकतम तापक्रम निरन्तर बढ्ने क्रममा छ। आगामी तीन दिन कतै वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।