bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

देउवा मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना छुटे

padma
milan sunchadi

धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना छुटेका छन् ।

सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै फाइल फिर्ता गर्दैै नियन्त्रणमा रहेकाहरुलाई हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि उनीहरु छुटेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले देउवाको मृत्यु घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाहरु हाजिरी जमानीमा छुटेको बताए ।

Siddi ganesh

चन्दकाअनुसार सरकारी वकिलको कार्यालयले आइतबार फाइल फिर्ता पठाउँदै छाड्न निर्देशन दिएको थियो । सोहीअनुसार गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय रामबहादुर ऐर छुटेको डीएसपी चन्दले बताए । तर उनीहरुमाथि अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।

२५ पुसको राति साथीसँगै अत्तरियास्थित न्यू दोहोरी साँझमा गएका देउवा त्यहाँ भएका अन्य व्यक्तिसँग वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए । उनीसँगै गएका कृष्णपुरकै टेकबहादुर नायक मोबाइल दोहोरी साँझमै छुटेको भन्दै लिन फर्केका बेला उनी त्यहाँबाट एक्लै हिँडेका थिए ।

देउवालाई नदेखेपछि उनकै मोटरसाइकल चढेर नायक होटलमा सुत्न गएका थिए तर देउवा भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा भेटिएका थिए ।

शरीरमा चोटपटक देखेपछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएका थिए, उनको उपचारकै क्रममा मृत्यु भएको थियो । देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसँगै ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो । यो घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली समेत आएको थियो ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.