धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

Image
maya metro

धनगढी – कैलालीको धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-९ बाट १ ग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने २४ वर्षीय राज चौधरी, ३० वर्षीय संजय यादब र २९ वर्षीय सुरेन्द्र श्रेष्ठ शुक्रवार साँझ प्रहरी पक्राउ परेका हुन्।

nisarga

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी तीनैलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।